Nepal Standard Time | Meantime: Gaurishankar Himal

Blog Maintained From Kakarvitta, Nepal ( GMT+5:45 )

Top 4 Posts

Saturday 24 October 2020

के पाठ्यक्रमले भनेजस्तो हाम्रो इतिहास पुरै खराब थियो र?


राजतन्त्र वा राजा हुँदैमा ऊ पहिले नै निरंकुश हुन्छ वा काम नलाग्ने हुन्छ भन्ने अहिलेका कम्युनिष्ट नामधारीहरुको कुरासँग कुनै हालतमा सहमत हुन सकिँदैन । के साम्यवादी कम्युनिस्टहरूको सरकारले कुनै गल्ती गर्दैनन् भन्न खोजेको हो? चीनले तियानमेन स्क्यायरमा गरेको नरसंहार के मानवसभ्यताको लागि पवित्र काम थियो? के युरोपेली अतिक्रमणकारीहरुले नेटिभ अमेरिकन र युरोपकै पुराना क्रिस्चियनमतभन्दा फरक प्रकृतिपुजक (यहाँका वोन परम्परा मान्नेहरु जस्तै प्रकृतिपुजक) पेगनहरुको ठुलो संख्यामा सफाया गरेको इतिहास कम क्रुर र भत्सर्ना योग्य थियो?

त्यसैले कुनै राजनीतिक व्यवस्था आँफैमा खराब हुँदैन, राजनीति गर्नेहरु स्वयं द्रुषित, विकाउ र इमानदार नहुँदा त्यो व्यवस्था फोहोरी हुने हो। नेपाल एकिकरणका नायक हुँदाहुँदै पृथ्वीनारायण शाहलाई एक राजा भएकैले उन्को शालिक देशभर मेटाइयो! नेपालको पुरानो परम्परा र सान जोगाएकैले सबै राणा शासकहरूलाई जहानियाँ र निरंकुश भनियो! भारतीय हस्तक्षेपबाट देशको स्वाधीनता जोगाउँदा जोगाउँदै, पूर्वको नेपालीलाई पश्चिम नेपालसँग जोड्ने महेन्द्र राजमार्ग बनाएकैले राजा महेन्द्रलाई अराष्ट्रवादी भनियो, विदेशी शक्तिसँग देशको स्वाभिमानको कुरामा झुक्न नमानेकैले राजा विरेन्द्रको वंशनाश भयो, राजा ज्ञानेन्द्रले गद्दी छोड्नुपर्यो!

देशको असल इतिहास विगारिएको छ, यो देशका नागरिकहरूलाई आफ्नोजति सबै खराब थिए भनेर निरन्तर घोकाइएको छ, जबर्जस्तरुपमा हाम्रो कलिलो दिमागमा हिजोका नेपालीहरु पुरै कामनलाग्ने थिए भनेर थोपरिएको छ। के पाठ्यक्रमले भनेजस्तो हाम्रो इतिहास पुरै खराब थियो र? नेपालीको यो दास मनोविज्ञान हट्न सायद अरु सय बर्ष पर्खिनुपर्ला। 
- माधव पोख्रेल, झापा

1 comment:

  1. Thanks for the always useful information. This is great information to help peoples and nice article written by writer. CnX Player is a powerful & efficient 4K ultra HD enabled video player for Windows 10 PC & Tablet, Android and iOS – iPhone & iPad.

    Download Media Player for Windows 10 - Microsoft Store
    Download Video Player for Android from Google Play
    Download Video Player for iPhone/iPad from Apple App Store

    ReplyDelete

Comments are welcomed.. Write down how we can improve this blog!